Rato Samachar
Thu, 1 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नौमती बाजा संरक्षणमा पालिकाको चासो

गलकोट, २ साउन (रासस) ः बागलुङको पहिचानका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा छ । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन् । पुस्ता हस्तान्तरण अभाव, नौमती बाजाप्रति युवाले चासो नदिँदा र युवा विदेश पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् । उनीहरुले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहनस्वरुप नौमती बाजा दिने अभियान चलाएको छ । बागलुङ नगरपालिका–७ को वडा कार्यालयले तीन वर्षअघि नै स्थानीय नौमती बाजा समूहलाई बाजा सहयोग गरेको थियो । त्यसलगत्तै काठेखोला गाउँपालिकाले दुई वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम नै बनायो । नौमती बाजा समूह विवाह, व्रतबन्धका साथै सुखद् कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ । काठेखोला गाउँपालिकाले आठवटै वडामा एक÷एक नौमती बाजा समूहलाई बाजा उपलब्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई बाजा वितरण गरिसकेको छ । काठेखोला गाउँपालिकाका आठवटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको रु १० लाख बजेट विनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारलाई हौसला मिलेको थियो । काठेखोलाको सिको अन्य पालिकाका वडाले समेत गर्न थालेका छन् । जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवालाई समेत राहत पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा बागलुङको गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती उपलब्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ । मल्म वडा कार्यालयको रु दुई लाख र स्थानीय बाजा समूहको रु ४५ हजार साझेदारीमा बाजा समूहलाई एक÷एक थान नयाँ नौमती बाजा उपलब्ध गराइएको वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो । “नौमती बाजा जिल्लाको पहिचान नै बन्न थालेको छ, तर उहाँहरुलाई नजिकको सरकारले हौसला दिनु पर्दछ, पुस्ता हस्तान्तरण अभावमा लोप हुन थालेको बाजा संरक्षणमा हाम्रो वडाले नौमती बाजा खरिद गरेर नौमती बाजा समूहलाई हस्तान्तरण गरेका छौँ”, थापाले भन्नुभयो, “यसअघि जिल्लाका अन्य पालिकाका वडाले समेत नौमती बाजा वितरण गरेका थिए, राम्रो कामको अनुसरण गरेका हौँ, थोरै बजेटमा धेरै सकारात्मक कामसमेत गर्न सकिन्छ, अहिले हाम्रो वडाको नौमती बाजा समूह उत्साहित बनेको छ ।” निर्वतमान वडाध्यक्ष टीकाबहादुर थापाले नौमती बाजा संरक्षणका लागि वडामा रहेको नौमती बाजा समूहलाई बाजा खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । बाजा निर्माणको चाजोपाँजो भने चर्चित सङ्गीतकार आशिष अविरलले गर्नुभएको थियो । गलकोट लोकसंस्कृतिको थलो बन्दै गइरहेका सन्दर्भमा आगामी दिनमा नौमती बाजा तालिम केन्द्रसमेत स्थापना गर्ने उद्देश्यअनुरुप अहिले नौमती बाजा वितरण गरिएको निवर्तमान वडाध्यक्ष थापाले जानकारी दिनुभयो । गलकोट–७ मल्मको सिरवारे नमूना टोलविकास संस्थाअन्तर्गत रहेको पञ्चेबाजा व्यवस्थापन समितिलाई नयाँ बाजाका सामग्री सहयोग गरिएको हो । परम्पराकालदेखि सिरवारे गाउँको बाक्लो दलित बस्तीमा नौमती बाजा पहिचानका रुपमा स्थापित छ । पछिल्लो समय स्थानीयमा पुस्ता हस्तान्तरण नहुँदा र युवा पलायनले निराश बनेका दलित समुदायका बाद्यबाधक तथा कलाकार नयाँ बाजा सामग्री पाएपछि हर्षित भएको नौमती बाजा व्यवस्थापन समितिका कलाकार राजकुमार दर्जीले बताउनुभयो । नौमती बाजा वडा कार्यालयको समन्वयमा परम्परागत शैलीमै काठमाडौँमा तयार गरिएको थियो । नौमती बाजा बजाएरै यहाँका दलित कलाकारले आफ्नो गुजारासमेत चलाउँदै आएका छन् । गलकोटमा नौमती बाजाको तालिम केन्द्र बनाउने गलकोट नगरपालिकाले योजनासमेत अघि सारेको वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो । विवाह तथा उत्सवमा बजाइने नौमती बाजा अन्य जिल्लाको तुलनामा बागलुङमा बढी मात्रमा प्रचलित छ । बागलुङको गलकोट तथा सिगानाको नौमती बाजा त ब्राण्ड नै बनेको छ । गलकोट र सिगानाको नौमती बाजा जिल्लामै मात्र नभएर पोखरासम्म माग हुँदै आएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology