मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लापरबाहीले दुई महिने शिशुको ज्यान गएको भन्दै शिशुको आफन्तहरुले आरोप लगाएका छन् ।
बिहिबार पत्रकारहरु माझमा हेटौंडा अस्पतालले लापरबाही गरेकाले पिडित बनाइएको बतएका हुन् ।
अस्पतालको लापरबाहीकै शिसुको ज्यान गएकाले आफुहरुलाई न्याए गरिनु पर्ने सुनाए ।
यसै विच मकवानपुर मनहरी गाँउपालिका अध्यक्ष रञ्जन कालाखेती पिडित पक्षको छिमेकी सहित मृतक शिसुको आफन्तलाई लिएर कारण बुभ्न अस्पताल पुगेका हुन् ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीम सागर गुरागाईँ अस्पतालका मेसु रामचन्द्र सापकोटा सहितले अस्पताल समिति को बोर्ड बैठक बसेर पीडित पक्षलाई न्याय दिलाउने निर्णय गरिने बताए ।
आइतबारसम्ममा बसेर पीडित पक्षलाई न्याय दिलाउने निर्णय हुने बताएका हुन् ।















प्रतिक्रिया दिनुहोस्