अध्यक्ष सुवोद घलान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९,वस्तीपुरस्ति बर्कौले टोल विकास संस्थाको अध्यक्षमा सुवोध घलान चयन भएका छन् । बुधबार टोल विकास संस्थाको साधारण भेला तथा अधिवेशनले दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । घलान नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य समेत हुन् ।

घलानको अध्यक्षतामा ११ जनाको कार्य समिति चयन गरिएको छ । संघको उपाध्यक्ष अस्मिता सुवेदी सचिव बाबु गोले (राम), सहसचिवमा लोक बहादुर मुक्तान र कोषाध्यक्ष उर्मिला मुक्तान चयन भएका छन् । सदस्यहरुमा इन्द्रमाया लो, कुमारी स्याङ्तान, कुमारी मुक्तान, मिठु अर्याल, सुनिता अर्याल र सुजिता प्रजालाई चयन गरिएको छ ।

नयाँ कार्यसमिति चयन भएपछिको सामूहिक तस्वीर ।