हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भोलिबाट सुरु हुन लागेको १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित भएको छ । आइतबार खेलकुदका अध्यक्ष राजकुमार मोक्तानले एक सूचना जारी गर्दै निर्वाचन अचारसंहिता र सुरक्षा व्यवस्थाका कारणले गर्दा आर्को मितिको निर्णय तय नभए सम्मको लागि प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका छन् ।
यस अघि जिल्ला खेलकुदले प्रतियोगिता फागुन ११ गतेदेखि १३ गतेसम्म हेटौंडा-४,स्थित हुप्रचौरमा गर्ने भनेर निर्णय गरेको थियो ।