हेटौंडा  / श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी अर्थात  श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ ।

आजका दिनलाइन हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ ।

हिन्दु धर्मालम्बीहरुले चराचर जगतमा रहेका हरेक प्राणीको सम्मान गर्छौँ । ती प्राणीमध्ये नाग वा सर्पको धेरै महिमा रहेको छ ।सर्पको राजालाई नाग भनिन्छ । ज्योतिषशास्त्र वा शुक्ल यजुर्वेदका अनुसार पञ्चमी तिथिका स्वामी नागदेवता मानिएको छ । यसैले हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ ।
नाग र नागिनीप्रतिको श्रद्धा र विश्वासको महत्वपुर्ण पर्व यस वर्ष साउन २५ गते शुक्रबार परेको हो।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा पुराणमा उल्लेख गरिएको छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ नै भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले नागका रुपमा मान्ने गरिएको धार्मिक पक्षबाट उल्लेख छ ।

नाग देवताका निमित्त व्रत पनि लिने पनि गर्दै आएका छन् । व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग नगर्ने नागको तस्वीर गाईको गोबरको सहायताले हरियो दुबो राखेर घरको ढोका माथि अष्ट नागको तस्विर टाँस्ने दुध, दही, अक्षता, फुलले  पुजा गर्ने गरेका छन् ।

प्रत्येक घरमा घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासका कारण  नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको भन्ने भनाइ पनि छ ।

परम्परा अनुसार नागको पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको हो ।

धार्मिक ग्रन्थहरु अध्यन गरेर नै सर्पलाई नाग भनेर किन पुजियो ? बुढापाकाले भनेको उखान सरह जति हातको डोरी बाटेपनि गाँठो एउटै भनेजस्तो धर्तीमा सर्पको महत्वपुर्ण भएकाले बचाउनुपर्छ वैज्ञनिकहरुले पनि भनिरहेका छन् ।

धार्मिक मान्यतामा  श्रद्धा र विश्वासको महत्वपुर्ण पर्व भनेर नाग देवता भन्दै तस्विर टाँसेर पुजा गदैगर्दा अर्कोतिर सर्प देख्नेबित्तीकै तत्काल मारिरहेका हुन्छन् ।

हाम्रै समाजमा देखिएको यर्थाथ हो ।

सर्पले मानिसहरुलाई पटक पटक देखिरहेता पनि सर्पले केही गर्दैन । तर, मानिसले सर्प देख्यो कि सर्प मरेको हुनुपर्ने ।  अनि वर्षको एक दिनमा  तस्विर भित्तामा टाँसेर पुजा गर्ने देख्दा अचम्म लाग्ने सर्प विशेषज्ञ र अनुसन्धानकर्ता र उद्धारकर्ताहरु बताउछन् ।

घरको टोकाको माथिल्लो भागमा नागको ठुला ठुला तस्विर टाँसेर पुज्नेहरुले नै घरमा सर्प पस्न खोजोस या पसोस तत्काल मारिदिने गरेको हुन्छन् ।
सजिवको कुनै महत्व नराखी कागजलाइ पुज्दै गर्दा सर्पको आकृतिलाई पुज्दै गर्दा सर्प मानृ हुदैन भन्ने बुझ्नु अतिर्न आवाश्यक रहेको बताइ रहेका हुन् ।

सर्प विशेषज्ञहरु भन्छन्  ‘नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ नै जोगाउनुपर्छ भनेर हो । सर्पलाई हानिनोक्सानी पु¥याएन भने सर्पले आक्रमण गर्दैन । हाम्रो मित्र हुन शत्रु होइनन् तर, जिवित सर्पलाई सत्रु ठानीरहेका छन् । वातावरण पर्यावरणका लागि र  उपचारपद्धतिमा पनि औषधिहरू समेत बन्ने र सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ । मानिसहरुले नै नाग भनेर तस्विरमा पुजा गरिरहेता पनि जिवीत सर्प देख्ने बित्तीकै मारिदिने अचम्म लाग्छ ।’

 १ वर्षमा एकदिन तस्विरमा पुजा गर्ने मात्र होइन सर्पको लागि एक मुस्कान सहित वास्तविक नाग अर्थात सर्पको सधै रक्षा गरौँ ।

राजेश गरिब
थप जानकारी