नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा एमाले मुलुकमा शान्ति र स्थिरताकाे पक्षमा रहेकाे बताएका छन।
४५ दिने पार्टी संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानकाे सन्दर्भमा हेटाैँडा उपमहानगरपालिका वडा नं. १७ द्वारा आयोजित वडास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।
रानाले माओवादी, विप्लव, सिके राउत लगायतकाे समूहलाई राजनीतिकाे मूलप्रवाह ल्याई मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकाे बताए। लाेकतन्त्रकाे सुदृढीकरणकाे लागि जनताकाे जीवनस्तरमा परिवर्तन हुनुपर्ने भन्दै उल्लेख गर्दै गणतन्त्रकाे अनुभूति गरिव परिवारकाे घरघरमा हुनपर्ने बताए।
आउदो मंसिरमा हुने संसदीय निर्वाचनमा गठबन्धनबाट राजनीति स्थिरता कायम हुन नसक्ने र स्थिरता विना विकास र समृद्वि सम्भव नहुने भएकाेले जनताकाे छनाैट नेकपा एमाले हुने विश्वास व्यक्त गर्दै एमालेले बहुमत प्राप्त गर्दा राजनीति शान्ति, स्थिरता, विकास र समृद्विकाे जनताकाे सपना पूरा हुने दावि गर्दै कार्यक्रममा प्रदेश कमिटीका सदस्य देवराज रिमालले गठबन्धन भनेकाे ठगबन्धन भएकाे र नेपाली राजनीतिमा काउसाे भएकाे बताए ।
मंसिर ४ गते याे काउसाे फाल्ने दिन सावित हुने सुनाउदै जिल्ला कमिटी सचिव नवीन सिग्देल, उपमहानगरपालिका कमिटीका सचिव बाेलबहादुर कार्कीले विभिन्न विषयमा प्रशिक्षण दिए।
वडा अध्यक्ष लक्ष्मण खुलालकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सदस्य कमल बिष्ट, जिल्ला सदस्य शंकर राईलगायतकाे उपस्थिति रहेकाे थियाे ।





















प्रतिक्रिया दिनुहोस्