Rato Samachar
Sat, 24 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ । विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक्त आयोजनाले वर्षाकालमा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनसमेत सहयोग गरेको छ । सोही आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई एक बराबर एक कित्ताका दरले हकप्रद शेयर प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले यही असार ३० गते बसेको सञ्चालक समितिको २५७औँ बैठकबाट हालको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागिएको जानकारी दिनुभयो । त्यससम्बन्धी जानकारी कम्पनीको आगामी १४औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको उहाँको भनाइ थियो । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज एवं सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेडलाई गराएको छ । कम्पनीको हाल चुक्ता पुँजी रु १० अर्ब ५९ करोड १०० बराबर छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको कूल चुक्ता पुँजी रु २१ अर्ब १८ करोड २०० बराबर पुग्नेछ । प्राकृतिक प्रकोप, विभिन्न अवरोधलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्न गयो । आयोजनाको सुरुआती लागत रु ३५ अर्ब २९ करोड हुने भनिएको थियो । त्यसमा ब्याज, अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत विषय समावेश गरिएको थिएन ।आयोजना निर्माण सम्पन्न हुँदा रु ८८ अर्ब बराबरको खर्च भएको छ । कम्पनीको कूल लागत रु ५२ अर्ब बराबर पुगेको छ । त्यसमा ब्याज र अन्य थप खर्च थप जोड्दा रु ८८ अर्ब बराबर पुगेको हो । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई÷दुई प्रतिशत शेयर रहेको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

2

फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै हेटौंडा उपमहानगरमा शान्तिपूर्ण धर्ना, नगर प्रमुख लामाको अनुपस्थिति 

रातो समाचार संवाददाता
3

अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक, सेना अनिर्णीत

4

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

5

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

6

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता
7

काँग्रेसको पार्टी सभापति हुँदै गगनकुमार थापा भोलिको प्रधानमन्त्री बन्ने छन् : “महालक्ष्मी डीना”

रातो समाचार संवाददाता
8

नागस्वती भेट्रान्स फुटबल : आयोज समुह नै विजेता र उपविजेता

9

सिक्रीका लागि हत्या !

10

कर्णाली राजमार्ग अवरुद्धनिरन्तर वर्षाले



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology