Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

प्रचार अभावले ओझेलमा गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ

काभ्रेपलाञ्चोकको पुरानो बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको सो ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडा निकै प्रसिद्ध छ । बजारको कोलाहलबाट नजिकै रहे पनि हरियाली वनजङ्गलको बीचमा रहेको अग्लो ठाउँ भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनाका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रुपमा रहेको छ । बनेपा नगरपालिका–६ मा पर्ने उक्त ठाउँमा पछिल्लो समयमा भने पर्यटकको आवागमन कम भएको छ । बनेपा–६ कार्की गाउँका अञ्जु बानियाँले कोरोना सङ्क्रमणको समययता निकै कम मात्रमा पर्यटक आउने गरेको बताउनुभयो । “पहिला पहिला काठमाडौँ उपत्यकालगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट समेत बनेपाको गोसाइँस्थानमा दर्शन गर्नका लागि दर्शनार्थी आउने गरेकामा कोरोना सङ्क्रमणकालयता भने धेरै कम भएको छ”, उहाँले भन्नुभयो, “यहाँका सडक सुविधा र थप भौतिक संरचना निर्माणले भने केही मात्रमा मानिसको आवागमन वृद्धि हुन थालेको छ ।” करिब चार वर्षदेखि गोसाइँस्थान डाँडामा सामान्य पसल राखेर पानी, बिस्कुट, चिया राखेर सामान्य व्यापार गर्दै आउनुभएका उहाँले त्यस ठाउँका बारेमा थप प्रचार गर्न सकेमा घुम्न आउनेको सङ्ख्यामा उल्लेख्य बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । गोसाइँस्थानमा प्रत्येक जनैपूर्णिमा पर्वमा विशेष मेलासमेत लाग्ने गरेको छ । सो ठाउँमा अरु समयमा भने दृश्यावलोकन स्तम्भ चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि शनिबार र बिदाका दिनमा भने मानिस पुग्ने गरेको उहाँको भनाइ छ । कार्की गाउँकै अर्का बासिन्दा एवं गोसाइँस्थान मन्दिर संरक्षण समितिका उपाध्यक्षसमेत रहनुभएका दीपक कार्कीले गोसाइँस्थान र दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणको कार्यले तीव्रता पाएसँगै घुम्न जानेको केही मात्रमा वृद्धि हुँदै गएको बताउनुभयो । सो ठाउँमा अहिले पछिल्लो समयमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर, घण्टा राख्ने, रामायण भजन गर्ने भवन, पक्की शौचालय भवन बनिसकेको र अब उद्यान निर्माण हुने तयारीमा रहेको उहाँले बताउनुभयो । यसअघि भएको संरचनाको निर्माण गर्दा बाटोको सुविधा नभएको कारण अरनिको राजमार्गदेखि बोकेर त्यहाँ भएको संरचना निर्माण गरेकामा अहिले धुलिखेल–रविओपी–बाँशिभञ्ज्याङ हुँदै नगरकोट मार्गअन्तर्गत गोसाइँस्थान मन्दिर नजिकै भएर पक्की सडक निर्माणको कार्य अगाडि बढेपछि थप संरचना निर्माणका लागि र मन्दिर दर्शन गर्न तथा घुम्नका लागि पुग्ने पर्यटकलाई निकै सहज भएको उहाँले बताउनुभयो । गोसाइँस्थान मन्दिर संरक्षण समितिका अध्यक्ष भेषराज शाहले पछिल्लो दुई वर्षयता मात्रै करिब रु ८० लाख बराबरका भौतिक संरचना निर्माण गरिसकेकाले गोसाइँस्थान मन्दिर परिसरको मुहार फेर्दै गएको बताउनुभयो । रसुवाको गोसाइँकुण्डसँग यसको महत्व जोडिएका कारण पनि यसलाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण रुपमा लिएको पाइन्छ । सो क्षेत्रमा नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र डोरो बान्ने तथा तामाङ समुदायको झाँक्रीले ढ्याङ्ग्रो बजाएर नाच्ने गरेर वर्षको एक पटक भव्य मेला लाग्ने गरेको पवित्र ठाउँ भएका कारण यस ठाउँलाई थप विकास गर्ने चरणमा लागिरहेको उहाँले बताउनुभयो । सो क्षेत्रमा गोसाइँस्थान मन्दिर परिसरबाहेक नैमिषारण्य संस्कृत गुरुकूल, दृश्यावलोकन स्तम्भ, शहीद स्मारक र चण्डेश्वरी मन्दिर यसको वरिपरी रहेका छन् । यसरी वरिपरी अन्य महत्वपूर्ण धार्मिक आस्थाका केन्द्रले घेरिएको सुन्दर रमणीय ठाउँ भए पनि यहाँको प्रचारप्रसारमा कमि भएको कारण पछाडी परेको स्थानीय बासिन्दा

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology