Rato Samachar
Mon, 21 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

प्रगतिउन्मुख राष्ट्रिय गौरवतर्फका सिँचाइका आयोजना

सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन् । भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ । मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाइका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन् । मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचाइ, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ, सुनकोसी मरिण डाइभर्सन आयोजना र विद्युत्तर्फ बुढीगण्डकी जलविद्युत् आयोजना छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिनअघि सम्पन्न गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश भएको विवरणानुसार गत आवमा राष्ट्रिय गौरवका रहेका आयोजनाको प्रगति राम्रो रहेको पाइएको हो । कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार पाँच सय २० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दोरूपमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको महाकाली सिँचाइ आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९९.३९ प्रतिशत र वित्तीय प्रगति ९४.०२ प्रतिशत बराबर रहेको छ । समग्रमा सो आयोजनाको प्रगति भने न्यून छ । तर सो आवको वार्षिक प्रगति भने सकारात्मक देखिएको हो । यस्तै सिँचाइतर्फकै अर्को आयोजना सिक्टाको पनि वार्षिक प्रगति राम्रो रहेको पाइएको छ । मन्त्रालयका अनुसार आव २०७८/७९ मा सो आयोजनाको वार्षिक भौतिक प्रगति ७५.९३ प्रतिशत र वित्तीय प्रगति ७७.७३ प्रतिशत बराबर भएको छ । सो आयोजनाको पुलसहित ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको छ । कुल ४५.२५ किलोमिटर लामो पश्चिम मूल नहर सम्पन्न भएको छ । पूर्वी नहरको कार्य ८६.१६ प्रतिशत सम्पन्न भई फत्तेपुर लिङ्क नहरसम्म पानी सञ्चालन भएको छ । पश्चिम नहरको सिधनिया शाखा १२.९ किलोमिटरसम्म नहर निर्माण, अकलगरवहवा शाखा ४.६ किलोमिटरसम्म पूरा भएको छ । अनेकन समस्यामा परेको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएपछि बाँके जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । बर्दियाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको बबई सिँचाइ आयोजनाको पनि वार्षिक प्रगति भने राम्रो छ । मन्त्रालयका अनुसार सो आयोजनाको आव २०७८/७९ मा भौतिक प्रगति ८५.६५ प्रतिशत र वित्तीय प्रगति ९८.४७ प्रतिशत बराबर रहेको छ । आयोजनाको करिब ८०.२८ किलोमिटर मूल नहर निर्माण, हेडवक्र्स एक, २५.२५ किलोमिटर नदी नियन्त्रण र दुई सय ३५.६३ किलोमिटर शाखा, उपशाखा र प्रशाखा नहर निर्माण सम्पन्न भएको छ । यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको हाल बागमती सिँचाइ आयोजनाबाट रौतहट र सर्लाहीको कुल ४५ हजार छ सय हेक्टरसमेत कूल एक लाख २२ लाख हेक्टरमा सिँचाइ सुविधा पु¥याउने र ३१.०७ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको वार्षिक प्रगति राम्रो रहेको पाइएको छ । सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८.६७ प्रतिशत र वित्तीय ९१ प्रतिशत बराबर छ । आयोजनाको रामेछाप जिल्लाअन्तर्गतको डुबानमा पर्ने जग्गा अधिग्रहणको सम्बन्धमा जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरणको कार्य भइरहेको छ । सिन्धुली जिल्लातर्फको जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरणको कार्य सम्पन्न भएको छ । सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भई आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन भएका छन् । टनेल बोरिङ मेसिन (टिबीएम)ले सुरुङ खन्नका लागि आवश्यक संरचनासमेत तयार भइसकेको छ । टिबीएमका सामान कोलकाता बन्दरगाह हुँदै नेपाल आउने क्रममा छन् । केही सामान निर्माणस्थलमा आइपुगेको छ भने जडानकार्यसमेत भइरहेको छ । बाँके र बर्दियाको कुल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको पनि आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ८०.७० प्रतिशत र वित्तीय प्रगति ७२.०६ प्रतिशत बराबर छ । सो आयोजनाको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको भए पनि बाँध तथा विद्युत्गृह निर्माणको काम प्रभावकारी बन्न सकेको छैन । सो आयोजनाको संशोधित लागत अनुमान रु ३६ अर्ब ८० करोड ७७ लाख ४२ हजार बराबर छ । बाँध र विद्युत्गृहको भौतिक प्रगति भने ४१ प्रतिशतमात्रै छ । आयोजनाबाट कुल ४६.८ मेगावाट बिजुलीसमेत उत्पादन हुन्छ । सो आयोजनाको कुल भौतिक प्रगति भने ५७ प्रतिशत बराबर छ । सिँचाइतर्फकै अर्को आयोजना रानी जमरा, कुलरियाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६९.१३ प्रतिशत बराबर छ । सो आयोजनाको हालसम्म मूल नहरको सम्पूर्ण कार्य सम्पन्न भएको छ । सो आयोजनाबाट कैलाली जिल्लाको २० हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुन्छ । यस्तै मन्त्रालयतर्फको अर्को महत्वपूर्ण आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८ प्रतिशत बराबर छ । आयोजनाको वार्षिक बजेट रु छ अर्ब १६ करोड ८० लाख बराबर रहेकामा रु छ अर्ब चार करोड २६ लाख बराबर खर्च भएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ जिल्लाको कुल ४८ हजार नौ सय ९१ रोपनी जग्गाको मुआब्जावापत रु ३४ अर्ब नौ करोड बराबर वितरण भइसकेको छ । सो आवमा मात्रै २०७ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको थियो । डुबान क्षेत्रमा पर्ने २२ हजार एक सय ६४ घर गोठलगायत भौतिक संरचनाको लागि रु चार अर्ब ८८ करोड ३१ लाख साथै फलफूल तथा बोटबिरुवाको क्षतिपूर्ति निर्धारण गरी छ लाख ४१ हजार पाँच सय २८ वटा फलफूल तथा बोटबिरुवाका लागि रु ९२ करोड ३४ लाख बराबर वितरणकार्य सम्पन्न भएको छ । निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय गौरवका आयोजनाको प्रगति प्रभावकारी हुन सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालको भनाइ छ । उहाँले नियमितरूपमा प्रगति प्रतिवेदन माग्ने तथा समस्या फुकाउन केन्द्रित भएर लाग्दा आयोजनाको प्रगति उल्लेख्य भएको जानकारी दिनुभयो । अपेक्षितरूपमा काम नभए पनि आव २०७८/७९ को वार्षिक प्रगति भने राम्रो रहेको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology