Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नियमित हवाई उडानबारे छलफल

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ । उहाँहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना आफूहरुको रहेको भेटपछि प्रमुख आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भारतीय सहरमा हवाई उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उहाँले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गर्नुभयो । प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोगप्रति आभार प्रकट गर्दैैै पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकाले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा गर्नुभएको थियो । सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । काठमाडौँ पछि पोखरालाई महत्व दिएर नै यहाँ ‘पेन्सन क्याम्प’नै राख्नेदेखि विभिन्न परियोजनामा सहकार्य भएको राजदूत श्रीवास्तवले बताउनुभयो । पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसँग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । –––

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ । उहाँहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना आफूहरुको रहेको भेटपछि प्रमुख आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भारतीय सहरमा हवाई उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उहाँले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गर्नुभयो । प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोगप्रति आभार प्रकट गर्दैैै पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकाले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा गर्नुभएको थियो । सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । काठमाडौँ पछि पोखरालाई महत्व दिएर नै यहाँ ‘पेन्सन क्याम्प’नै राख्नेदेखि विभिन्न परियोजनामा सहकार्य भएको राजदूत श्रीवास्तवले बताउनुभयो । पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसँग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology