ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० मा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ। अन्य १ जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं ८ बस्ने २८ वर्षीय रुपेश राइ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुनपा १० को भित्री सडकस्थित गुरुङ गुम्बा नजिक दुर्घटना हुँदा रुपेशको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए। घटनामा परी १ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा बिशेष राई रहेको प्रहरीले जनाएको छ।
सामान्य घाइते अन्य २ जना प्राथमिक उपचारपछि घर फर्केको प्रहरीले जानकारी दिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिए।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्