तातोपानी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०२१/२२ मा ३ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यभन्दा दोब्बर राजस्व संकलन भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले कोरोना महामारी, पहिरो, बाढी, चिनियाँ सामानको आयातमा कमी लगायतका समस्याका बाबजुद गत आर्थिक वर्षमा दोब्बरले राजस्व संकलन बढेको बताए । कार्यालयले १ अर्ब ४६ करोडको लक्ष्यभन्दा ३ अर्ब ४२ करोड राजस्व संकलन गरेको उनले बताए । सामान आयात, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, व्यवसायीलाई तालिमलगायतका कारणले सोचेभन्दा बढी राजस्व संकलन भएको गौतमले बताए । आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ५० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब २ करोड मात्रै सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ४ अर्ब ६३ करोड संकलन गर्ने लक्ष्य राखिएको गौतमले बताए । चीनबाट सामान बोक्ने कन्टेनरको आगमन निकै कम छ । चीनबाट दैनिक चारदेखि आठवटा कन्टेनर नाका हुँदै नेपाल भित्रिने गरेको छ । —रासस



















प्रतिक्रिया दिनुहोस्