रोशन दिप – एनएस सिनेमा हल हेटौडामा बैशाख १ गते नेपाली चलचित्र ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ तिन नेपाली चलचित्र भिड्दैछन् ।

पछिल्लो समयमा एउटै मितिमा चलचित्रहरुको भिडन्त भइरहेको छनै यसमध्ये ‘बुलाकी’ र ‘जारी’को प्रर्दशन मिति र कथासार समेत एउटै भएको चर्चा चलेको छ ।

‘बुलाकी’ले कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथा र चलचित्र ‘जारी’ ले लिम्बू समुदायमा रहेको जारी प्रथालाई कथावस्तु बनाएको छ ।

एउटै कथासार भएका दुई चलचित्रको भिडन्त भइरहदा दर्शकहरु बाँडिने सम्भावना देखिएको छ ।

लिम्बू समुदायको जारी प्रथाको कथामा नेपाली ‘जारी’ को ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

बुलाकी र ‘जारी’को थिम एउटै भए पनि दुवै फरक फरक स्थल र संस्कृतिमा बनेको कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथा ‘जारी’ले पूर्वको कथा बोलेको निमार्ण पक्षले बताएका छन् ।

‘‘‘‘।।

‘बुलाकी’
कर्णाली क्षेत्रको ग्रामीण जीवन, सन्तान नहुँदा वैवाहिक सम्बन्धमा आउने कठिन आस्थामा अनि जारी प्रथालाई प्रस्तुत गरिएको ‘बुलाकी’ लाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् ।

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको ट्रेलरमा जारी प्रथा अन्त्यको आवाज उठाउने प्रयास गरिएको निर्माण तथा कलाकार टोलीको भनार्इ छ ।

चलचित्रमा पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखिएको छ । त्यस्तै गरि रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइसँको अभिनय रहेको छ ।

प्रकाश कँडेल र सरस्वती खत्रीले यस चलचित्रमा डेब्यू गरेका छन्। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको चलचित्रमा निर्माता टोपेन्द्र विष्ट हुन् ।

शिव ढकालको छायांकन अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा, निर्मल पौडेल, राजबहादुर साने र निर्देशक लक्ष्मण सुनार तथा विराज विष्टको पटकथा तथा संवाद छ ।

‘‘‘।।

“जारी”
नेपालको पूर्वी पाँचथर जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायको परिवेशको जारी प्रथामै आधारित चलचित्र “जारी” लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । उपेन्द्र सुब्बाको लेखनमा निर्देशनमा डेब्यु गरेका छन् ।

यस चलचित्रको पनि ट्रेलर सार्वजनिक भइसकृको छ । तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको परिस्थिति देखिएको छ । लिम्बु समुदायमा आफ्नो श्रीमती अर्को केटासँग विवाह गरेमा विवाह गर्दा लागेको सम्पूर्ण खर्चपातको दोब्बर उठाउने प्रचलन देखाइएको छ ।

प्रचलित जारी प्रथामाथि आधारित रहेको चलचित्रमा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ। चलचित्रलाई निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

विहे पास

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका भएको यो फिल्ममा यी दुई सहित बुद्धि तामाङ, शिशिर वाङ्देल र रबिन्द्र झालाई पनी हामीले देख्न पाउने छौँ ।

विहे पासलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् । यसलाई रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । जसमा रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता छन् ।

सामाजीक कथानक फिल्म भनिएको यो चलचित्रलाई पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको छ । फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्मको अन्य कलाकारमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

यी तिन चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।