स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै गएको छ  । यसैविच राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेको छ ।

एउटै पार्टीबाटपनि बिभिन्न योजना सुनाउदै आफूनै योग्य भएको भन्दै अघि सरी रहेका छन् भने पदको आकांक्षी समेत देखिएका छन् भने टिकटको लागि अघि सर्ने उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को वडाअध्यक्षको पदमा नेपाली कांग्रेस तरुण दलका विकेशलाल श्रेष्ठले उम्मेदवारीको दावी गरेका छन् ।

१४ औं महाधिवेसनमा क्षेत्रीय प्रतिनिधि बन्दै बागमती प्रदेश महाधिवेसनमा अत्याधिक मत ल्याएर बागमती प्रदेश प्रतिनिधि बनेका मकवानपुरको क्षेत्र २ को प्रदेश सभा क क्षेत्रीय सदस्य समेत रहेका विकेशलालले पार्टीका सबै क्रियाशील सदस्य तथा अग्रजहरुको समर्थन गरेको बताए ।

२०६८ सालबाट राजनितिमा प्रवेश गरेका श्रेष्ठले २०७१ सालमा तरण दल इकाई अध्यक्ष पार्टीको तरुण दल विभागीय सदस्य बन्दै पार्टीमा योगदान दिएर काम गरेका कारण आफुले उम्मेदवार बन्न पाउनुपर्ने बताएका हुन् ।

समाज परिवर्तनको जिम्मेवारीमा अब युवाहरु आउनुपर्ने बताउँदै युवा, बालबालिका तथा जेष्ठ नागरिक सबैलाई समेटेर अघि बढ्ने र सबैको सहयोग पाए आफु निर्वाचिन भएमा वडावासीकै हितमा काम गर्ने बताए ।

राजनिति संगसँगै सामाजिक कार्यमा तत्पर रहेका विकेशलाल मकवानपुर उद्योग वाणिज्य संघका सदस्य, लियो, लायन्स, जेसीस जस्ता विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्वमा छन् ।