नेपाल सरकारको आयोजनामा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान सूरु हुने भएको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उक्त खोप अभियानको शुभारम्भ गरेका हुन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले मन्त्रालयमा खोप अभियान शुभारम्भ भएको जनाइएको हो ।
खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार नौ सय ६३ जना स्वयम् सेवक परिचालन गरिने
बताइएको छ ।
चैत २५ गतेबाट शुभारम्भ गर्ने भएको ओप अभियान अन्तरगर्त शुक्रबारबाट आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने र ६ हजार ५ सय २० खोपकेन्द्रमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिन लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए ।
उनले ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले जानकारी दिएका हुन् ।

खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्त्रि पाण्डेले समय अवधिमा प्रदेशभर १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप प्रदान गर्ने लक्ष्य राखिएको बताए ।
खोप अभियानलाई सहयोग गर्न राजनीतिक दल,स्थानीय तह, पत्रकार, सुरक्षकर्मी, शिक्षक लगायत सबैलाई अनुरोध गरेका छन्।
शुभारम्भ कार्यक्रम मार्फत मुख्यमन्त्री पाण्डे र स्वास्थ्य मन्त्री लामाले संयुक्त रुपमा खोप स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामसागर गुरागाइलाई हस्तान्तरण गरेका थिए।
स्वास्थ्य मन्त्री निमा लामाको सभाध्यक्षता मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको विशिष्ठ अतिथ्यता रहेको थियो ।
कार्यक्रममा खोप स्वास्थ्य कार्यालयका निर्देशक, प्रमुख स्थानिय तहका प्रतिनिधि, मकवानपुरमा सुरक्षमा खटिएका सुरक्षा प्रमुख संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।