यस वर्षको सगरमाथा आरोहणको मार्ग पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भ¥याङ र डोरी टाँगेर बिहीबार पहिलो क्याम्पसम्म पु¥याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
आधार शिविरदेखि छ हजार दुई सय मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुले जिम्मा लिएको छ । हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो चारदेखि छ वटासम्म भ¥याङ जोडेर बाटो बनाउनुपर्ने बाध्यता रहेको शेर्पाले जानकारी दिनुभयो । गतवर्षहरुमा ४० देखि ५० वटासम्म भ¥याङ प्रयोग हुँदै आए पनि यस वर्षभने ७० वटासम्म लाग्न सक्ने भन्दै संस्थाले तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ । यता समितिले भने अप्रिलको पहिलो सातासम्ममा दोस्रो क्याम्पसम्म बाटो निर्माणसम्पन्न गरिसक्ने जनाएको छ । त्यसपछि दोस्रो क्याम्पदेखि चुचुरोसम्म आरोहण सञ्चालक सङ्घले बाटो निर्माण गर्न सेभेन समिट ट्रेक्सलाई जिम्मा दिएको जनाएको छ । ११ हजार मिटर डोरी टाँगेर चुचुरोसम्मको बाटो निर्माण गर्ने गरी कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाको नेतृत्वमा टोली आधारशिविरमा तयारी अवस्थामा रहेको ट्रेकका निर्देशक छाङदावा शेर्पाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग प्रतिव्यक्ति सगरमाथा प्रदूषण नियन्त्रण समितिले छ सय डलर र आरोहण सञ्चालक सङ्घले दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् । गतवर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहीको संख्यामा कमी आउने व्यवसायीहरुले जनाए पनि आएका आरोहीलाई मे महिनाको पहिलो सातासम्ममा आरोहण सम्पन्न गर्ने तयारी भएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।यो समाचार गोरखापत्र बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्