आज थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी पाँच हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तै थप दुई सय ६९ जना कोरोना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। अहिले नेपालमा दुई हजार चार सय ५३ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्। यसैबीच बितेको २४ घण्टामा ९७ हजार तीन सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो



















प्रतिक्रिया दिनुहोस्