हेटौंडा- नेपालमा बजाज कम्पनीको चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी२५०१ र सी३५०३ सार्वजनिक भएको छ ।
आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेड सँगको सहकार्यमा हेटौंडा स्थित होराइजन अटो प्रा.लि. बजाज शोरुममा एक कार्यक्रमको आयोजना गर्दै सोमबार चेतक सी२५०१ र सी३५०३ दुईपांग्रे सवारीसाधन विद्युतिय स्कुटर बजाजको नयाँ मोडल सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार चेतक सी२५०१ र सी३५०३ नेपालभरका छनोट गरिएका बजाज डिलर हेटौंडामा पाइने छ।
बजाजको पारखीहरुका लागि भनेर आकर्षक डिजाइनमा विद्युतिय चेतक सी२५०१ मा २.५ किलोवाट–घण्टा क्षमताको लिथियम–आयन ब्याट्री रहेको र एकपटकको चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज दिने अधिकतम ६० किलोमिटर प्रतिघण्टा गति प्रदान गर्ने रहेको कम्पनीका पदाअधिकारीको भनाइ छ ।
फास्ट चार्जिङमार्फत ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म करिब २ घण्टा २५ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ।
सी२५०१ मा एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्लेरपज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेजमा रहेको छ ।
त्यस्तै, चेतक सी३५०३ मा ३.५ किलोवाट–घण्टा क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको यसले एआईडीसी मापदण्डअनुसार एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टा गति प्रदान गर्ने कम्पनीको दाबी छ।
सी३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज रहेको छ। क्लासिक डिजाइन सी३५०३ चार रङमा उपलब्ध हुनेछ भने
नेपालमा आफ्नो विद्युतीय सवारीसाधन विस्तार गरेर चेतकले पाएको सकारात्मक प्रतिक्रिया अनुसार चेतकको नयाँ लाइनअपले वातावरणमा कुनै असर नपुग्ने नयाँ मोडलमार्फत ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको हेटौंडा – १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. बजाज शोरुमका प्रो. लालकाजीरत्न बज्राचार्यले बताए।























प्रतिक्रिया दिनुहोस्