मकवानपुरगढीमा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ ।

मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा आउदो पुस २८ गते देखी उक्त प्रतियोगिता हुने भएको हो ।

हेटौंडामा शुक्रबार रुद्र पाख्रीन स्मृती बाटिकाका संरक्षक भीम पाख्रीन, खेलकुद विकास समितिका सदस्य विक्रम लामा लगायतको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

उक्त पत्रकार सम्मेलनमा आउदो पुस २८ गते देखी सुरु हुने र माघ १ गते समापन हुने समितिका संयोजक हिरा बाबु स्याङ्तानले बताएका छन्। आयोजित पत्रकार सम्मेलनमा संयोजक स्याङ्तानले दिएको जानकारी अनुसार मकवानपुरगढी गाउँपालिकाले ४ लाख बजेट विनियोजन गरेको र करिब ५ लाख खर्च हुने अनुमान गरिएको छ ।

लिग चरणमा हुने खेल प्रतियोगितामा विजेता समुहले नगद १ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् भने प्रतियोगितामा विधागत खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा १० वटै स्थानीयतह र आयोजक समुहमा २ सहित ११ समूह प्रतियोगितामा सभभागी हुने संयोजक स्याङ्तानले बताए । खेलका लागि २७ गतेभित्रमा समुह दर्ता गर्नुपर्ने र दर्ता शुःल्कमा ३ हजार लाग्ने बताए ।