मकवानपुर जिल्लाको  बकैया गाँउपालिकाका अध्यक्ष धर्मराज लामिछानेले राष्ट्रिय स्तर सम्मा खेलका लागि जान सक्ने गरिखेल क्षेत्रकाको बिकास र खेलाडी उत्पादमा जोड दिएर काम गरिने बताएका छन् ।

हेटौंडा –५ को पिप्ले–क्याम्पा रंगशालामा आयोजित मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता खेलको समापन भएसंगै अध्यक्ष लामिछानेले यस्तो बताएका हुन् ।

मकवनपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौंडा १०, भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माध्यमिक विद्यालयले समेत विशेष सहकार्य गरेको एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगितामा बकैया युथ क्लब विजेता भएसंगै उनले बिद्यालय देखिनै खेलहरु खेलाउने गतिबिधीहरु गरिरहेको र अझ बेजोडका साथ गरिने बताए ।

फुटबल प्रतियोगिता २०८० को शनिबार फाईनल खेलमा बकैया १२ को बकैया युथ क्लब र हेटौँडा १२ बेलडाँडाको पञ्चशील युवा क्लबको भिडन्तमा बकैयाले ४ – ० गोल अन्तरले जित हासिल गरेसंगै खुसी व्यक्त गर्दै नारायणी कलेजले प्रायोजन गरेकोमा खुसी व्यक्त गरे ।

रातो समाचार संगको कुराकानीमा अध्यक्ष लामिछानेले भने “निश्पक्ष तरिकाले खेल खेलाएर जिल्लामा खेलमय बनाएकोमा आयोजक जिल्ला खेलकुदलाई धन्यवाद छ ।”