जाल्पादेवी महिला उद्यमी केन्द्र तथा अरनिको बैकिल्पी बिद्यालयको आयोजनामा तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पनन भएको छ ।
आउदै गरेको हिन्दु महिलाहरको महान पर्व हरितालिका तिज विशेष अन्तरगर्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
यसैविच हेटौडा उपमहानगरको मेयर मिना कुमारी लामाले महिलाहरुको माहान चाड तिजलाइ भड्किलो ढङ्गले नमनाएर आफ्नो गक्ष्य अनुसार मनाउनु पर्ने बताईन्।
उनले तिज भनेको हिन्दु महिलाहरुले मन्दै आएको पर्व भएकाले एकर्कालाइ देखाउनके लागि देखासिक नगरि नमान्न आग्रह गर्दै सभ्यता पुर्वक मनाउन अनुरोध गरिन्।
उद्यमी केन्द्रको अध्यक्ष गिता मैनालीको सभाध्यक्षा हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पना भएको हो।
मिथु माया स्याङुतान र दिपा श्रेष्ठको संयोजनमा भदौ ५ गते सम्पन्न गरिएको कार्यक्रममा हेटौंडा उपमहानगर आर्थिक महाशाखाको प्रमुख गंगा चौंलागाई,हेटौंडा उपमहानगर वडा न. ७ महिला वडा सदस्य,अरनिको बैकिल्पी बिद्यालय अध्यक्ष, उपाध्यक्ष, घरेलु तथा साना अद्योग संघ महिला सभापति,मकवानपुर महिला उद्यमी व्यवसायी संघ सचिव लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्