Rato Samachar
Thu, 30 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

 बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् । भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गर्नुभएको थियो । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो । “गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु”, हरिबहादुर भन्नुहुन्छ, “ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र ग¥यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो ।” खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउनुहुन्छ । “मेहनत र लगानी चाहिन्छ । एक बिघामा धान खेती गर्न रु ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे”, उहाँले भन्नुभयो, “यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ । यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ । खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ ।” भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउनुहुन्छ । “हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्”, बलबहादुरले भन्नुभयो, “अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन् । विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन् ।” भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्”, चौधरीले भन्नुभयो, “पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन । विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन् ।” चौधरी भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत ( पानी बढी हुने ) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताउनुहुन्छ । “यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कार्यक्रम, ब्लक प्रदर्शन, कृषि औजार सहयोगजस्ता कार्यक्रम गरिरहेका छौँ”, चौधरी भन्नुहुन्छ, “त्यसैले हामीले पनि चैते धानलाई बढी प्रोत्साहन गर्छौं । यहाँका धेरै किसानले चैते धान खेती गर्नुहुन्छ ।” भजनीमा गत वर्ष आएको बाढीले तीन हजार हेक्टरमा लगाएको धान बाली बगाएको कृषि शाखाले जनाएको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

इन्द्रसरोबरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम

मकवानपुर जिल्लामा पनि घण्टीको सुनामी

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

साना निजी मिडियाले सरकारी कार्यालयबाट सूचना तथा विज्ञापन नपाउने

रातो समाचार संवाददाता

राष्ट्रिय आमन्त्रित तेक्वान्दोको उपाधि काभ्रे जिल्लाले जित्यो, वर्षा र किरण बने सर्वोत्कृष्ट खेलाडी

रातो समाचार संवाददाता

होटल संघ पोखराका टोलि हेटौंडामा

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

इन्द्रसरोबरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

मकवानपुर जिल्लामा पनि घण्टीको सुनामी

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology