Rato Samachar
Sun, 18 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राष्ट्रिय समाचार समाज

भाडा भुक्तानी गर्न उद्योगलाई पत्र

  • हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७५ को निर्णयअनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि दबाब सिर्जना गर्दै उद्यागीलाई पत्र काटेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडको गत २०५७ मङ्सिर ५ गतेको निर्णयअनुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई पत्र काटेको हो । कार्यालयले २०७५ देखि कै भाडा भुक्तानीका लागि लिमिटेडबाट प्राप्त निर्देशनअनुसार हेटौँडा औद्योगिक क्षेत्रका उद्योग प्रतिष्ठानलाई पत्र काटेको हो । गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापान लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाब दिएको हो । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको छ । उक्त पत्रअनुसार, हेटौँडा औद्योगिक क्षेत्रको प्रतिरोपनी रु १९ हजार ६ सय ९१ को दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको छ । कार्यालयले प्रमुख राजेन्द्र कँडेलले दिनुभएको जानकारीअनुसार, ती उद्योगलाई कूल रु १४ करोडभन्दा बढी रकमको बिल पठाइएको छ । लिमिटेडको निर्णय र कार्यालयले पठाएको बिलअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको एक उद्योगको रु नौ लाख पाँच हजार भाडा भुक्तानी गर्न बाँकी रहेको देखिन्छ । उक्त निर्णयअनुसार उद्योगले सो भाडा यसै महिना तिर्नुपर्ने हुन्छ । त्यस्तै, कार्यालयले जग्गाको क्षेत्रफलको आधारमा जग्गाको भाडा दर निर्धारण गर्दै आएको छ भने हरेक वर्ष पाँच प्रतिशतका दरले जग्गा भाडा दर वृद्धि हुने उद्योग प्रतिष्ठान र कार्यालयबीच सहमति भएअनुसार, हालसम्म उनीहरुले भाडा तिर्दै आएका थिए । उक्त सहमतिअनुसार, उद्योगले गत असार महिनासम्ममा प्रतिरोपनी रु आठ हजार तीन सय ३१ का दरले वार्षिकरुपमा जग्गा भाडा तिर्दै आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग सङ्घ मकवानपुरले विरोध जनाएको छ । उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकोप्रति उद्योगी व्यवसायी एवं सङ्घको पूर्ण असहमति व्यक्त गर्नुभयो । विभिन्न उद्योग सङ्घ र औद्योगिक क्षेत्र उद्योग महासङ्घको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न लिमिटेडलाई निर्देशन दिएको प्याकुरेलले बताउनुभयो । विसं २०७५ मा भएको निर्णय कार्यान्वयन नगरेर हाल सो निर्णय तत्कालीन समयदेखि कार्यान्वयन गर्नु अन्यायपूर्ण हुने उहाँको भनाइ छ । सङ्घले भाडा वृद्धि आवश्यक नभएको तथ्याङ्कसहित सुझावसमेत पेश गरेको छ । उहाँले कुनै पनि हालतमा उद्योगले सो भाडा नतिर्ने भन्दै निर्णय सच्याउन माग गर्नुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा हाल एक सय ४९ उद्योगमध्ये एक सय ३३ सञ्चालनमा रहेका छन् भने पाँच पूर्णरुपमा बन्द अवस्थामा रहेको छ । एघार उद्योग निर्माणाधीन अवस्थामा रहेको छ । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

2

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

3

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

4

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले सम्पन्न गर्यो ६१ औ इन्जिनिएरिङ दिवस कार्यक्रम

5

स्थानीय निर्वाचन : वडामा जनताले भनेजस्तै काम गर्छु – सविन न्यौपाने

6

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

7

जीतपुरसिमरामा २०३ किलोभन्दा बढी गाँजासहित मकवानपुरका पिकअप चालक सीन्चुरी पक्राउ

रातो समाचार संवाददाता
8

हेटौंडामा घरको ढलान खस्दा कामदार घाइते

9

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

10

शिव महापूराण २४ हजार श्लोकहरूसहितको ग्रन्थ नेपालीमा अनुवादन

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology