Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

विश्वविद्यायमा तालाबन्दी अस्वीकार्यः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको उच्चशिक्षाको समस्या र समाधान विषयक छलफलमा उहाँले कुनै समस्या भएमा विश्वविद्यायको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गर्नुभयो । मन्त्री पौडेलले सो क्रममा थप समस्या आएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको तर तालाबन्दी प्रथालाई मान्यता दिन मन्त्रालय असमर्थ रहने स्पष्ट गर्नुभयो । उहाँले मुलुकभित्रका विश्वविद्यालयमा सर्वसुलभ, गुणस्तर र अनुसन्धानमुखी शिक्षा विस्तार गरेर पढ्न र कामका लागि युवा विदेशिने क्रम न्यून गर्नुपर्नेमा पनि जोड दिनुभयो । मन्त्री पौडेलले विश्वविद्यालय र विद्यालय तहलाई एकआपसमा जोड्ने, स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ९० दिन विद्यालयमा इन्टरर्नसिप गर्ने गरी कार्यविधि ल्याइने र विश्वविद्यालयको नियमनका लागि उच्चशिक्षा ऐन ल्याइने जानकारी दिनुभयो । शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थी भिसामा विदेश जाने युवामध्ये १० प्रतिशतले मात्रै विदेशमा अध्ययन गर्ने भएकाले तिनलाई स्वदेशमै टिकाउनु चुनौतीपूर्ण भएको बताउनुभयो । अर्का शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयलाई स्वायत्त र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न सुझाव दिनुभयो । उच्चशिक्षा तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले उत्कृष्ठ शिक्षा नेपालमै सम्भव गराउन आफूहरु लागेको र राज्य एवं नेतृत्व तहबाट पनि सोहीअनुसारको कार्यान्वयवन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न विश्वविद्यालय उपकुलपतिहरुले आफूहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र विविध दबाबका कारण स्वायत्तता र सुरक्षाको अनुभूति नभएको गुनासो गरेका थिए । यसरी चिन्ता व्यक्त गर्नेहरुमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रकाश लामिछाने, मध्यश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंह, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, गण्डकी विश्वविद्यालय, बोर्ड अफ ट्रष्टीका सदस्यसचिव डा गणेशमान गुरुङलगायत हुनुहुन्थ्यो । ———
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology