Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पदमार्ग बनेपछि चिटिक्क प¥यो चिनाकोट

म्याग्दीको मङ्गला गाउँपालिका– ३ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल चिनाकोट दरबार पुग्ने पदमार्ग निर्माण भएपछि चिनाकोट पुग्ने पर्यटक र चिनाकोटको सौन्दर्य दुवै बढेको छ । गण्डकी प्रदेशसभा सदस्य, पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनको सांसद विकास कोषबाट पूर्वाधार विकास कार्यालयमार्फत रकम परिचालन हुने गरी प्राप्त रु नौ लाख र स्थानीयवासीको एक लाख १० हजार बराबरको श्रमदानबाट पदमार्ग निर्माण गरेपछि चिनाकोट चिटिक्क देखिएको हो । पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण रोकाका अनुसार घाम्टाङदेखि चिनाकोट सम्मको करिब ४०० मिटर पदमार्ग निर्माण गरिएपछि ऐतिहासिक चिनाकोट दरबार पुग्न सहज भएको हो । घाम्टाङदेखि चिनाकोट सम्मको जम्मा ७०० मिटर बाटोमा करिब ६० प्रतिशतमा पदमार्ग निर्माण भएको अध्यक्ष रोकाले बताउनुभयो । उहाँका अनुसार चिनाकोट पुग्नका लागि बाँकी पदमार्ग पनि निर्माण गर्न आवश्यक रहेको छ । “प्राप्त बजेट अनुसार काम गर्दै जाँदा अप्ठ्यारो ठाउँमा पुगेर पदमार्ग निर्माण रोकिएको छ, यो वर्ष पनि बजेटको आवश्यक छ”, रोकाले भन्नुभयो । आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको चिनाकोटमा पुग्नका लागि पदमार्ग अति नै आवश्यक रहेको छ । हाल ढुङ्गाको सिँढी सहितको पदमार्ग निर्माण भएपछि चिनाकोट आवतजावत गर्ने पर्यटकलाई आधी बाटोसम्म यात्रा गर्न सहज भएको छ । चिनाकोटलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न यस अघि गाउँपालिकाले धुरीमा उक्लिनका लागि रेलिङसहितको पदमार्ग निर्माण गरिसकेको छ भने खानेपानीको व्यवस्थापन, टवाइलेट लगायतको पूर्वाधार निर्माण गरेको छ । बाइसे चौविसे राज्यको समयमा राजा बसेकाले चिनाकोटको महत्व विशेष रहेको छ । चिनाकोटमा अझैपनि दरबारका भग्नावशेष, रानी बसेर कपाल कोर्न ढुङ्गा, पानी खाने कुवा, सिपाहीले सुरक्षाका लागि बनाइएका पर्खाललगायत रहेकाले ऐतिहासिक महत्वको चिनाकोटलाई संरक्षण र सम्वद्र्धन गरिने वडाध्यक्ष याम रोकाले बताउनुभयो । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको चिनाकोट दरबारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि मङ्गला गाउँपालिकाले गुरुयोजना तयार गरी पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । चिनाकोटबाट, मङ्गला, मालिका र बेनी नगरपालिकाका अधिकांश बस्तीसहित डाँडाकाँडाको दृश्यावलोकन गर्न सकिन्छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे श्रृङखलका दर्जनौँ हिमशृङ्खला सन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गर्दछ । चैत वैशाखमा चिनाकोट परिसरको वनैभरि ढकमक्कै फुल्ने लाली गुराँस त्यहाँको प्रमुख सुन्दरता हो । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology