Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

दार्चुलामा महिला हिंसा दोब्बरले बढ्यो

पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ । त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन् । तथ्याङ्कअनुसार घरेलु हिंसापछि बलात्कार सङ्ख्यात्मक रूपमा महिला तथा बालिका बढी पीडित भएका छन् । समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको सङ्ख्या उच्च देखिन्छ । आर्थिक वर्ष २०७४÷७५ मा २७, २०७५÷७६ मा ३९, २०७६÷७७ मा ४५, २०७७÷७८ मा ३९ र २०७८÷७९ पुग्दा घरेलु हिंसाको मात्रै ७७ वटा उजुरी प्रहरीमा परेका छन् । यस्तै २०७५÷७६ मा पाँच, २०७६÷७७ मा आठ, २०७७÷७८ मा पाँच र २०७८÷७९ मा पुग्दा बलात्कारका घट्ना ह्वात्तै बढेको छ । जबरर्जस्तीकरणी उद्योग, बालयौन दुव्र्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आँकडा केलाउने हो भने अधिकांश घट्नामा महिला नै बढी पीडित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाही बताउनुहुन्छ । यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सङ्ख्या थपिएको प्रहरी अधिकारीको तर्क छ । अपराधको सूचना प्रहरीमा आउने क्रम बढेसँगै समुदायमा कानुनको पहुँच पनि बढ्दै गएको भन्ने पनि देखाउँछ । स्थानीय तहमा बनेका न्यायिक समितिका कारण पनि पछिल्लो समय प्रहरीमा उजुरी दिने बढेको कतिपय बताउँछन् । निर्वतमान नौगाड गाउँपालिका उपाध्यक्ष गौरी बडाल न्यायिक समितिमा आउने उजुरी पनि प्रहरीमा पठाउने गरिएका कारण पछिल्लो समय उजुरीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । जिल्ला अदालतकै तथ्याङ्क हेर्ने हो भने पनि गतवर्ष बहुविवाह र बालविवाहका गरी १०÷१० मुद्दा दर्ता भएका थिए । घरेलु हिंसाका चार मुद्दा दर्ता भएकामा तीन वटा फछ्र्यौट भएका छन् । विसं २०६६ मा जारी भएको घरेलु हिंसा कसूर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ । ऐनले यो अपराध प्रमाणित भएमा रु तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology