मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सोलीथुमका २९ वर्षीय उद्धवराज ढकालले सहयोगको याचना गरिरहेका छन् ।

दुवै मिर्गौला खराब भएर कष्ट भोगिरहेका ढकालले हप्तामा दुई पटक डायलासिस गराउँदै आएका छन् ।

२०७७ श्रावण २० गते मृगौला पिडित ढकालको घरमै बागमती प्रदेशकी प्रदेशसभा सदस्य कुमारी मोक्तान,गाउँपालिका अध्यक्ष रहदा विदुर हुमागार्ईं, वडाध्यक्ष जित बहादुर घिमीरे, स्थानिय नेता तथा शिक्षक, बिभिन्न व्यक्तीहरु लगायतको सहभागिता रहेको थियो ।

मृगौला पिडित ढकालको लागि आवश्यक सहयोग गर्न र जिवन रक्षाका लागि आफुहरुले सक्ने सहयोगकालागि तत्पर रहने बताएका थिए ।
लामो समयदेखि उपचारमा रहेर नियमित डायलासिस गराउँदै गर्दा भएको पैसा गाउँमै रहेको जग्गा समेत सकिएपछि निक्कै समस्या परेको ढकालले बताएका हुन् ।
उपचार गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएर गएपछि हाल गहन पदमा रहेपनि अहिले प्रतिवद्धता स्मरण नगरेको र फर्किएर समेत नआएको भन्दै मृगौला पिडित ढकालले दुखेसो पोखेका छन् ।

मकवानपुरगढी गाँउपालिकामा अध्यक्ष बिदुर हुमागाईको कार्यकालमा हुमागाई कै पहलमा डायलासिस निःशुल्क हुने व्यस्था  भएको बताए ।

श्रीमती रमा देवकोटाले मिर्गौला प्रत्यारोपणका लागि दिने भएपनि  प्रत्यारोपणका लागि लाग्ने रकम नभएको बताइरहेका छन् ।
उनले जिवन रक्षाकालागि अपिल गर्दै भने वचन दिएर जानुहुने र पद र अधिकार हुने सबैले सहयोग गरेर जिवन रक्षा गरिदिनु भनिरहेका छन् ।