बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी रहदै पपुलर बनेको नाम हो मेयर पदको उम्मेदवार रेनु दाहाल ।
महानगरमा १,१६६६६  मतगणना सकिएको छ । सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु निक्कै लोकप्रिय मतले अग्रता कायम गर्न सफल भएकी छन् ।  पपुलर बन्दै गएर दाहालले राती ९बजे सम्ममा ११,४५७ मतले अग्रता लिएकी छन् ।

दाहालले 47040  दाहालको प्रतिद्धन्दि नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका विजय सुवेदीले 35583  मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट भुइकटर चुनाव चिन्ह पाएका उम्मेदवार जगन्नाथ पौडेलले 14263  मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धको काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले 47958 मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले 27922 मत प्राप्त गरेकी छन् ।

दाहाल र अधिकारीले अत्याधिक मतान्तरमा अग्रता कायम गरेपछि सामाजिक सञ्जालमा जितको बधाई र शुभकामना ओइरिन सुरु गरिसकेको छ ।
मतगणना स्थलको बाहिरी भागमा गठबन्धन पक्ष सर्मथक र प्रतिनिधिहरुले जितको बिजय उत्सव निकाल्ने तयारीमा जुटेका छन् ।
माआ्बादी केन्द्रले बलियो जग बसालेको र नेकपा एमालेको पत्तासाफ गर्न महानगरबासीकै सर्मथन रहेको बताइरहेका छन् ।