बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी छ।
गठबन्धनबाट माओवादी केन्द्रको रेनु दाहालले मतगणना गर्दै गर्दा अत्याधिक अग्रता कायम गरेर पपुलर बन्दै छिन् ।
महानगर हाँक्नका अघि सरेर चुनावी मैदानमा रहेसंगै जितको सम्भावाना बलियो भएको मत गणनाको नतिजाले देखाएको हो ।
मेयरको उम्मेदवार रेनुको प्रतिद्धन्दिमा एमाले तर्फको विजय सुवेदी रभुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल विच महासंग्राम भएको हो ।
महानगरमा मत गणना हुदै गर्दा आज राती१० बजेर ४० मिनेट सम्म १,०१९४५मत गणना गर्दा रेनु९,०१९ मतले अग्रता लिएपछि जितको पक्का देखिएको हो ।
मेयर पदको घमासानमा धेरै जसोको चासो बनेको भरतपुर महानगरमा मत गणना हुँदैै रेनु झन झन पपुलर हुदैछिन् ।

भरतपुरको अहिलेसम्म २२ वडाको मतगणना सकिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१ गरी १३ वटा वडा जितेको छ । त्यसै नेकपा एमालेले ३, ११, १२ १८ र १९ गरेर ५ वटा वडा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ७, ९, २२ गरेर ३ वटा वडा जितेको छ ।

 

 

मत गणनाको परिणाम