हेटौडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको छ।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

निर्वाचनको जारी मत गणना भइरहदा हेटौडा उपमहानगरमा मतपत्रमा “नो भोट”  लेखेको मतपत्र भेटिएको छ ।
जारी मतगणनामा हेटौंडा उपमहानगर ४ को मत गणना गर्ने क्रममा एक मतपत्रमा फेरिपनि नो भोट लेखिएको मतपत्र फेला परेको हो ।

मतपत्रमा मार्करले नेतालाई गाली गर्दै नो भोट भनेर लेखिएको  मत पत्र भेटिएपछि जनप्रतिनिधिको काम नपरेको होकी भन्ने अनुमान गर्न सकिने उल्लेख गर्दै मतगणना स्थलमा हाँसो सहित रमाइलो बनाइएकोे   थियो ।
यसअघिपनि मंगलबार “नो भोट” लेखिएको मतपत्र भेटिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।