बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा हेटौंडा उपमहानगर २ मा कांग्रेसका गठबन्धनबाट उम्मेदवार बनेका वडाध्यक्ष उम्मेदवार विष्णु गोपाल महर्जन विजयी भएका छन् ।
महर्जनले १२५८ मत प्राप्त गरेका हुन् ।
उनको प्रतिद्धन्दि एमाले तर्फका हरि बहादुर राउतले ८७४ राप्रपाका किशोर चन्द्र ढकालले ५५६ मत स्वतन्त्र धारा चुनाव चिन्हका उम्मेदवार सुदिप राजवहाकले ३०१मत पाएका थिए ।
राउतलाई ३८४ मतान्तरले महर्जन विजयी भएका हुन् ।
यसअघि पनि वडा नम्वर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने विजयी भएका छन् । मतगणना जारी रहेको छ ।
मत गणा जारी छ ।














प्रतिक्रिया दिनुहोस्