स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै गएको छ । यसैविच राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेको छ ।
एउटै पार्टीबाटपनि बिभिन्न योजना सुनाउदै आफूनै योग्य भएको भन्दै अघि सरी रहेका छन् भने पदको आकांक्षी समेत देखिएका छन् ।
यसैक्रममा नेकपा एमाललेले निर्वाचनको लागि भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ ।
भीमफेदी एमाले गाउँ कमिटी बैठकले लामा र रानालाई नै उठाउने गरि सर्वसम्मत निर्णय गरेको हो ।
गएको २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गठबन्धनको उम्मेद्वार मोमलाल दोङले ३ हजार ४सय ३५ मत प्राप्त गरेका थिए भने रानाले ३ हजार ८सय२ मत पाएकी थिइन् ।
भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा एमालेको तर्फबाट विजयी रानाले जनताले गरेको विश्वास र आशा अनुसार जिम्मेवारीलाई पुरा गरि गम्भीरताका साथ सबै काम गर्ने बताइन् ।
पहिलो कार्यकालमा पनि जनताकै सोच चाहाना अनुसारर नै काम गर्न सफल भयकै कारण पनि पार्टीले पुनः जम्मेवारीमा जान दोहोर्याएको र उपाध्यक्ष भएपछि समृद्ध गाउँपालिका सुखी गाउँपालिका बनाउँन सधै लागि पर्ने बताइन् ।
पार्टीले टिकट दिएमा भीमफेदी गाँउपालिकाको अध्यक्षमा आकांक्षीमा देखिएपनि कम्युनिष्ट विचारधार र पार्टीको निति तथा निर्देशनलार्इ मान्नुपर्ने भएकालो स्वीकार्य भएको उपाध्यक्ष रानले बताईन् ।
उनले गठबन्धनलार्इ हराएर चुनाव जितेको उल्लेख गर्दै आफ्रनो पार्टी आफैमा सक्षम र ठूलो भएको दावी गरिन् ।
उनले “भनिन् हामीसंग डराएर अरू पार्टीहरुले गठबन्ध गर्नुपरेको हो । ५ वर्ष रहेर काम गर्दा जनतामाझ पुगेर काम गरियो । घरेलु हिंसा,बालविवाह, बहु विवाह, रोक्ने देखि सामाजिक र पुर्वाधार विकासको काम पनि गरियो । पुरूषहरू सरह महिला पनि सक्षम छन्, महिलाले पनि प्रमुख भएर काम गर्न सक्छन् भनेर देखाउने चाहाना हो ।त्यसैले अध्यक्षमा उम्मेदद्वारी दिने भनेपनि पार्टीको नितीलाई हामीले मान्नै पर्छ । उपाध्यक्ष भएर पनि जनताकै काम गर्ने हो । म सधै जनताकै काम गर्छु । मेरो प्रतिबद्धता छ।”

























प्रतिक्रिया दिनुहोस्