सार्वजनिक सवारीको भाडामा वृद्धि गरिएको छ ।

यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडामा न्यूनतम १० प्रतिशतदेखि बढीमा १५ प्रतिशतसम्मले बढाएको हो।बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो भने पहाडी भेगमा १३ र तराई क्षेत्रमा १५ प्रतिशतका दरले भाडा दरमा वृद्धि गरेको हो ।

यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै भाडा वृद्धिका लागि सरकारलाई दबाब दिँदै आएका थिए।

भाडा दर हेर्नाका लागि तल लिङ्कमा क्लिीक गर्नुहोस् ।।।

final.२०७८-१२-१७ अन्तर प्रदेश भाडादर

 

 

फाइल फोटो