सटर्डे प्लेन एयरको आयोजनामा हेटौंडा कला महोत्सवको आयोजना हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मानवसेवा आश्रम समर्पित हेटौंडा कला महोत्सव हुने भएको बताइएको हो ।
आयोजकले दिएको जानकारी अनुसार ३ दिन सम्म चल्ने महोत्सवको जेठ ३ गते सिद्धार्थ माविको हलमा उद्घाटन भइ भुटनदेवी मन्दिर परिसर, पुष्पलाल पार्क हुँदै सहिद स्मारकमा खुल्ला चित्रकला कार्यशाला हुँदै समापन हुने भएको हो ।

कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवि मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवाद लगायतका कार्यक्रम गरिन लागेको व्यवस्थापक दिवेश मान प्रधानले बताए । हेटौंडा उपमहानगरका ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको मौलिकता कायम राख्न आयोजजन गर्न लागेको बताए । ६ लाख अधिक खर्चको अनुमान गरिएको कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ कलाकार ५ र शनिवारीय कला अभियान का २० जना र हेटौंडा मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारहरुको सहभागिता रहने बताए । कार्यक्रमबाट उठेको रकम ५० प्रतिशत मानव सेवा आश्रमलाई प्रदान गरिने बताए ।

रातो समाचार संवाददाता
थप जानकारी