हेटौंडा ।  प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।

ललितपुर गोटीखेल महाङ्काल गाउँपालिकामा शनिबारदेखि हुने प्रतियोगिताको उद्धाटन प्रधान मन्त्री पुष्प कमल दहाल प्रचण्डले गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय १९ पालिकाका ४० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको हो ।

प्रतियोगिताका लागि १ करोड ३० लाख रूपैयाँ लागत अनुमान रहेको र  कुल पुरस्कार राशि १२ लाख रूपैयाँ रहेको छ।

लिग कम नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ भने ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको छ। प्रतियोगितामा बागमती प्रदेशबाट १६ वटा टिमहरुको सहभागिता रहने छ ।
प्रतियोगितका लागि प्रदेश अन्तरगर्त मकवानपुरबाट हेटौंडा उपमहानगर, थाहानगर र बागमती गाँउपालिका गरि ३ वटा समुहको सहभागीता रहने भएको मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले बताए । मोक्तानले बताए अनुसार प्रतियोगितामा हेटौंडा १० मा रहेको नारायणी कलेजले बागमतीका लागि प्रायोजन गरेको र खेलका लागि कलेजमा अध्यनरर्तका सविन अर्याल पनि बागमतीको तर्फबाट सहभागी हुने भएका छन् ।

उनले बताए अनुसार सेमीफाइनलमा पराजित हुने दुई टिमले १,१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विधागत पुरस्कार समेत प्रदान गरिने छ । यसै प्रतियोगितामा नारायणी कलेजका बिद्यार्थी अर्याल सहभागी हुने भएपछि निकै खुसी लागेको बिद्यालयका प्रिन्सीपल रघुनाथ खरालले बताए ।

बिद्यालयमा शिक्षा संगै बिभिन्न गतीबिधी र खेल क्षेत्रतर्फपनि सरोकार राख्दै जितको विश्वास रहेको कलेजका खेलकुद विभाग प्रमुख इश्वर छत्कुलीले बताए ।

राजेश गरिब
थप जानकारी