बैशाख २४ गते सोमवारको दिनदेखि नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषालाई सरकारी कमाकाजि भाषाको रुपमा लागू हुँने भएको छ ।
यसै अवसर पारेर बागमती प्रदेशमा नेपाल संवत ११४४ चौलागा त्रयोदशी सोमवार नेपाल भाषा र तामाङ भाषालाई कामकाजि भाषाको रुपमा लागू भएको दिनलाई उत्सव मनाउने भएको छ ।

शुक्रबार नेवाः देय् दबू बाग्मती प्रदेश, नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले पत्रकार सम्मेलनको आयोृजना गर्दै तीन वटा संगठनको संयुक्त आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने जानकारी गराइएको छ ।

लामो समयदेखिको संघर्ष र बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीदेखि सांसदहरुको विशेष भूमिकाबाट भाषालाई कामकाजि भाषाको रुपमा लागू भएको उद्घोषण हुने दिन मा वैशाख २४ गतेको दिन बागमती प्रदेशमा सार्वजनिक बिदा दिएको खुसी व्यक्त गरेका छन् ।
दिवसको क्रममा सांस्कृतिक झाँकि सहितको र्याली र नेवाः संग्रहालयको शिलान्यास हुने समेत जानकारी गराइएको छ ।