हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा–६,स्थित गौरिटार रंगशालामा १ अर्ब भन्दा बढी बजेटको लगानी गरेर परियोजनालाई अगाडि बढाउने बताएका छन् । विगतको समयमा १० देखि ३० करोडको बजेट हेटौंडाको गौरिटार रंगशालामा लगानी भएको कुराको स्मरण गर्दै मुख्यमन्त्री बानियाँले थप १ अर्बको बजेटको परियोजनालाई अगाडि बढाउने प्रतिवद्दता व्यक्त गरेका हुन् ।

शुक्रबारबाट हेटौंडा–१०,स्थित टिसीएन चौरमा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको दोस्रो वृह्‌त खेलकुद, कृषि तथा पर्यटन महोत्सवको कार्यक्रमको उद्धाटन गर्दै उनले यी काम गरेर गौरिटार रंगशालालाई बागमती प्रदेशको गौरवरको रुपमा अगाडि बढाउने योजना बनाएको बताए ।

गौरिटार रंगशालामा खेलमैदान, खेलकुदको ट्रयाप,खेल क्लब, स्विमिङ पुल निर्माण, क्रिकेट, फुटबल, बास्केटबल, लगायतका विभिन्न खेलहरु खेल्न मिल्नेगरी आवश्यक थप बजेट लगानी गरेर परियोजनालाई अगाडि बढाउने उनले बताए । राष्ट्रियस्तरको प्रतियोगितासँगै अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रदेशस्तरीय खेलकुद, खेल महोत्सव लगायत सबै विधाका खेलकुद प्रतियोगिताहरु निकट्म भविष्यमा गर्न मिल्नेगरी योजना बनाइएको उनको भनाई छ ।

प्रदेश खेलकुद विकास परिषद्,बागमती प्रदेशले यी सबै कार्यका लागि योजना बनाइरहेको उनले जानकारी गराए । १ महिना नपुग्दै यी सबै कार्यलाई सम्भव गरेर प्रदेशकै गौरवको रुपमा अगाडि बढाउने दावी गरेका छन् । संघीय राजधानी काठमाडौंको गौरवको रुपमा रहेको दरश्त रंगशालालाई जस्तैगरी गौरिटारलाई पनि व्यवस्थित बनाएर गौरवको योजनामा राख्ने उनले बताए । यस्ता प्रकारका प्रतियोगिताले खेलाडीहरुको प्रतिभालाई प्रसपोटन गर्ने र जिल्ला प्रदेश हुँदै राष्ट्रियस्तरमा पुग्न सहयोग गर्ने बताए ।

रातो समाचार संवाददाता
थप जानकारी