हेटौंडा /  बैसाख १४ गते शुक्रबार देखि प्रर्दशनमा आएको नेपाली चलचित्र ‘बोक्सीको घर’ले दर्शक पाइरहेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बाटनै दर्शक पाएको हो भने दर्शकहरुले अत्याधिक रुचाएकाले नेपाली चलचित्रले दर्शक पाएन भन्ने कुरालाई पछाडी पार्छकी भन्ने संकेत देखिएको छ।

बालविवाह भएकी एक बालिका, अनि बोक्सीको आरोप लगाइएकी एक महिला अनि समाजमा हावी भएको अन्धविश्वासका कारण अनि महिलाले भोग्नुपरेको अथाह पिडालाई प्रस्तुत गरिएको छ। चलचित्रमा समावेश गरिएको ‘बुझिनँ मैले’ बोलकोृ गीतले गर्दा पनि बोक्सीको घर’मा दर्शकलाई तानेको छ भने दर्शकहरुको हलसम्म पुग्ने उत्साह घटेको छैन । बुधबार मजदुर दिवसमा पनि दर्शकहरुको घुइचोनै रहेको हो ।

हलमा विशेषगरी महिला दर्शकको उपस्थिति बढी देखिएको छ ।
मनोविज्ञान र मनोभावलाई दर्शाएको चलचित्रमा अध्यारो रात, पिपलको बोट, कालो विरालो, रातो कपडा लगाएकी अभिनेत्री केकीको अभिनय र पृष्ठभूमिमा गुञ्जने ध्वनीले छुट्टै तरङ्ग पैदा गरेको छ । बक्स अफिसमा राम्रै सुरुवात गरेको चलचित्र हेरेका दर्शकहरुले अभिनेत्री केकीको अभिनय देखि कथाको निकै तारिफ गरेका छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेत्री केकी संगै सुपला सापकोटा , बाल कलाकार श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोला आदिको अभिनय रहेको छ ।