जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताका सम्पन्न गर्नका लागि हेटौंडा–६ स्थित गौरिटार रंगशाला खेलमैदान व्यवस्थापनमा आयोजक पक्षहरु खटिरहेका छन् ।

बागमती प्रदेशको राजधानीमा रहेको निकै पुरानो रंगशालामा वृहत् खेलको अयोजना हुन लागेमा स्थानियहरु खुसी भएका छन् ।

प्रतियोगिताका विषयमा खेलप्रेमी शंकर बहादुर राउतले खेलले  रंगशालाको परिचय बन्नमा थप टेवा पुग्ने बताएका छन् ।

प्रतियोगिताको यस वर्षको संस्करणको आयोजनाका जिम्मेवारी हेटौंडा– १५ को न्यू डाँफे युथ क्लबलाई दिएको हो भने आयोजकले निकै राम्रो काम गरेको बताए ।

यसवर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ । खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।

प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो । प्रतियोगितामा विधागतरुपमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

जसमा विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको बुलेट बाइक प्रदान गरिने भएको हो।

हेटौंडा–६ स्थित गौरिटार रंगशालामा आयोजित खेलका विषयमा खेलप्रेमी शंकर बहादुर राउत संग गरिएको कुराकानी