जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघको दोस्रो साता माघ १६ गतेबाट २७ गतेसम्म हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने  भएको आयोजले जानकारी गराएको हो ।

यसवर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने जानकारी गराइएको छ ।

आयोजकले जानकारी गराए अनुसार खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।

प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।

प्रतियोगितामा विधागतरुपमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

जसमा विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको बुलेट बाइक प्रदान गरिने भएको हो।

प्रतियोगिताको यस वर्षको संस्करणको आयोजनाका जिम्मेवारी हेटौंडा– १५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएको क्लबका अध्यक्ष आलोक स्याङ्तानले बताएका छन् ।

अध्यक्ष स्याङ्तानले बताए अनुसार खेल मैदानको स्तरोन्नति गर्ने कार्य तीब्ररुपमा अगाडि बढिरहेको र मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् ।

अघिल्लो समयमा हेटौंडा स्कुलअफ म्यानेृजम्याण्टका पुरन बहाद्र जोशीले बुलेट बाइक प्रदान गर्दै आएको र यसपटक पर्शराम स्मृति प्रतिष्ठानले उपलब्ध गराएको संघका अध्यक्ष टिका लामाले बताएका छन् ।

यसपटक पत्रकारिता क्षेत्रमा काम गर्दै आएका १ पत्रकारलाई नगद ५० हजार सहित सम्मान गरिने अध्यक्ष टिका लामाले घोषण समेत गरेका छन् ।