हेटौंडा -४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा नेपाली चलचित्र “काँडेतार” को शुक्रबार बिशेष च्यारिटी शो भएको छ ।

नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको नेपाली चलचित्र काँडेतार नेपालीले एकपट हेर्नै पर्ने चलचित्र भन्दै चलचित्रका निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले बिशेष च्यारिटी शो मा शुक्रबार प्रर्दशन ल्याएका हुन ।

राष्ट्रियताको विषयमा उठान भएको र सीमाना क्षेत्रको विभिन्न समस्या र सीमाना क्षेत्रमा काँडेतार लगाउनुपर्ने विषय फिल्मले उठाएकाले बताउदैचलचित्र हेरिदिन खड्काले आग्रह गरेका छन् ।

आगामी फागुन २५ गते चलचित्र देशभर प्रदर्शन हुने जानकारी दिदै पुस २७ एनएस सिनेमा हलमा काँडेतार च्यारिटी शोमा चलचित्र हेरेर प्रतिक्रिया दिन भन्दै आशा रहेको बताए ।

बिशेष च्यारिटी शोमा “काँडेतार” हेर्नका लागि हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामा, मकवानपुरपरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई, जिल्ला समन्वय समितीका प्रमुख ललित घलान, प्रमुख प्रशासकिय देखि बिभिन्न राजनीतिज्ञ, सञ्चारकर्मीहरु निकै उत्साहित हुँदै चलचित्रलाई हेरेका हुन् ।

चलचित्र हेरपछि राम्रै प्रतिक्रिया दिएका छन् ।