नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको प्रथम अधिवेशनले ७ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ ।

प्रदेशको राजधानी हेटौंडामा गएको मंसिर २२ र २३ गते सम्पन्न अधिवेशनले यस्तो घोषणापत्र जारी गरेको शिक्षक संगठनले जनाएको छ ।
संगठनका ६० जिल्ला अध्यक्षहरुले माग गरेको राष्ट्रिय भेलालाई समेत संवोधन गरिएको जनाइएको हो ।

गएको आश्विन ५ र १२ गते सरकारसंग भएको त्रुटीपूर्ण संझौता लगायतको का विषयमाकेन्द्रित भन्दै शिक्षक संगठनका ६० जिल्ला अध्यक्षहरुले हस्ताक्षर गरी समीक्षा गर्न माग गरिएको र संगठन राष्ट्रिय समितिको भेलालाई समेटेको भनिएको छ ।

देशभरकै अन्य ६ वटा प्रदेशमा पनि महत्वका साथ लिईएको शिक्षक संगठन कास्कीका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले बताएका छन् ।

मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको संयोजकत्वमा गठीत समितिले तयार पारेको घोषणापत्र शिक्षक संगठन बागमती प्रदेश समितिले जारी गरेको हो ।