बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समयमा खेलकुद गतिबिधि र प्रतियोगितका कार्यक्रमहरु बढिरहेको छ ।
हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा खेलकुद भइरहेसंगै नेपाल हक्की संघ जिल्ला समिति मकवानपुरको आयोजनामा पुस १२,१३ र १४ गते हेटौंडा कप अन्तर नगरपालिका राष्ट्रिय हक्क्की प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालमा बुधाबारबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त खेल बारे जानकारी गराइएको हो ।
मकवानपुर जिल्ला खेलकुद, हेटौंडा उपमहानगरको सहकार्य र बिभिन्न संघसंस्थाको सहयोगले हक्की प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।
बिगतमा बाहिरी मुलुकबाट प्राबिधिकहरु द्धारा प्रतियोगिता गरेको अवस्था रहेपनि यसपाली भने प्रतियोगितका लागि प्राबिधिक पक्षमा नेपालकै रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल हक्की संघका सचिव अशिम शर्मा, हक्की संघ जिल्ला समितिका सचिव राजेश कुमार शर्मा संघमा आवद्ध प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
बिहबार हेटौंडा ५ स्थित क्यापा रंगशालाम बिहान ११ बजे प्रतियोथिताको उद्धघाटन हुने छ ।














प्रतिक्रिया दिनुहोस्