बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बुद्धिचाल चेस खेल लगायतका केही खेलहरुलाई बषगमती प्रदेशको पाठ्यक्रम भित्र राख्नुपर्नेमा जोड दिइएको बताएका छन् ।

हेटौंडामा मंसीर १३ गते बुधाबारदेखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल चेस प्रतियोगितालार्ए संबोत्रन गर्दै यस्तो बताएका हुन् ।

मकवानपुर जिल्ला बुद्धिचाल संघ, मकवानपुर द्धारा आयोजित हेटौंडा ४ स्थित नारायणी मलमा रहेको होटल सामनामा सूरु भएको
बुद्धिचाल चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रको प्रमुख अतिथि रहेकाभण्डारीले यस्तो भएमा प्रदेशभित्रका हरेक बिद्यालयमा खेल र शिक्षाको रुपमा बिकाश हुने बताए ।

प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ८६ जना खेलाडीहरु सहभागी भएका छन् ।

खेलमा स्विस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको अधिक अङ्क आउँछ सोहीअनुसारनै विजयी हुने छन् ।

प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपैयाँ हात पार्नेछन् ।

यस्तै गरि प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा संघका केन्द्रीय महासचिव धरम बहादुर लामा, उपमहासचिव मोनालिसा खम्बु, प्याब्सन बागमती प्रदेशकाअध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्की लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगित आउँदो आइतबार समापन हुने छ । प्रतियोगितामा निरञ्जन प्रजापति मुख्य निर्णायकको भूमिकामा छन्।

…………………..