बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स फुटबल प्रतियोगितामा बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा ४ समुह विजयी भएको छ ।
सो खेलमा आयोजक पक्षको दुइ समुह सहित ४ समुह सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हेटौंडा –७ नागस्वतीमा असोज १६ गते देखि जारी खेल बिहीबारको खेल हेटौंडा–१६ स्थित हटिया रंगशालामा ४ समुहले क्वाटर फाइनल खेलहरु खेलेका हुन् । यही खेलसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
बिहीबार सम्पन्न पहिलो क्वाटर फाइनल खेल चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स काठमाडौँ विच भएको थियो ।
उक्त खेलमा चितवन भेट्रान्सले जोरपाटी भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै गरी दोस्रो क्वाटर फाइनल एन.आर.टी. भेट्रान्स काठमाडौँ र बगरभाइ भेट्रान्स पोखरा विच भएको थियो । उक्त खेलमा बगरभाइ भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै एन.आर.टी. सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
त्यस्तै गरी तेस्रो क्वाटर फाइनल खेल आयोजक नागस्वती भेट्रान्स (ए) हेटौंडा र अभिषेक र्चच भेट्रान्स नवलपरासी विच भएको थियो ।
उत्साहजनक खेलको प्रस्तुतीमा खेलको निर्धारित समयमा गोल बराबरी भएको थियो ।
खेलको लागी टाईब्रेकरमा २–१ गोल अन्तरले अभिषेक र्चचलाई पराजित गर्दै नागस्वती भेट्रान्स (ए)सेमिफाइनलमा प्रवेश गरेको हो ।
ट्राइब्रेकरले साथ नदिएपछि अभिषेक र्चच भेट्रान्सले हार बेहोर्नु पर्यो ।
क्वाटर फाइनल अन्तरगर्त अन्तिम खेलमा आयोजक समुहकै नागस्वती भेट्रान्स (बि) र एस.सी.सेलिङ काठमाडौँ भेट्रान्संग भिड्यो ।
सो खेलमा पनि २–० गोल अन्तरले हराउँदै नागस्वती भेट्रान्स (बि) नै सेमिफाइनलमा प्रवेश गरेको हो ।
क्वाटर फाइनल खेलमा आयोजक तर्फकै २ समुह सेमिफइनलमा प्रवेश गरेको छ । आज भएको खेलहरुका विजेताहरु सेमिफाइनलमा भिड्ने छन् ।
यसै मध्य विजयी हुने टिमले फाइनल खेल खेल्नेछन् ।
१६ वटा समूहको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमेले २ लाख १ हजार रुपैयाँ र उप–विजेता टिमले १ लाख १ हजार रुपैयाँ शिल्ड , मेडल र प्रमाण–पत्र प्राप्त गर्ने सान्ता क्लवका सचिव सान्ता गौतम प्रदिपले बताएका छन् ।
उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरष्कारको व्यवस्था गरिएको र प्रतियोगिताको फाइनल खेल असोज २० गते दिउँसो ३ बजे हुने बताए ।














प्रतिक्रिया दिनुहोस्