बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर वडा नम्बर २ मा गणेश उत्सव अन्तरगर्त कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

मकवानपुर सुन चाँदी व्यवसायी संघ हेटौंडाको आयोजना र विनायक गुटुकुडेको संयोजनमा सम्पन्न गरिएको हो ।

गएको असोज २ गतेदेखि सुरु गरिएको हिन्दुधर्मालम्बीहरुले  मान्दै आएको भगवान गणेश स्थापित गरेर  उत्सव अन्तरगर्त मंगलबार समापान भएको उक्त उत्सवमा भक्ति संगीत भजन किर्तनको प्रस्तुतीमा पिएम सेन्टरको संयोजन रहेको थियो ।

सुन चाँदी व्यवसायी संघका अध्यक्ष पवन कुमार शाक्यको सभाध्यक्षता हेटौंडा उपमहानगर-२ का वडाध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमलाई रथ यात्रा सहित हेटौंडा १ स्थित राप्ती तटमा गणेश विसर्जन गरेर सम्पन्न गरिएको हो ।

कार्यक्रममा सुन चाँदी व्यवसायी संघ बागमती प्रदेश सभापती ज्योती रत्न बज्रचार्य, सुन चाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष गोपीलाल विक, महासचिव राजकुमार रसाइली, निवर्तमान अध्यक्ष केशव रसाइली, पिएम सेन्टर सञ्चालक एवम् संगीत विभाग प्रमुख प्रमेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।