बागमती प्रदेशको राजधानी हेटौंडेली नव गायिका ममता मैनालीको स्वर रहेको यति चोखो माया “को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको मिलन फिल्मस  प्रोडक्सन प्रा.लि.द्धारा “हेटौडा मयुरधाप” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोको गितमा गायिका मैनालीको साथमा राजु सापकोटाको समेत स्वर रहेको छ ।

राजु बिरही सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा स्वयं सापकोटा र जुना कार्कीको अभिनय  मिलन श्रेष्ठको निर्देशन राजाराम सिम्खडाको कोरियोग्राफी, रोशन धितालको सम्पादन सन्तोष चौलागाईको छायाँकन रहेको छ ।