हेटौडा उप-महानगरपालिका स्थित ७ नागस्वती खेल मैदानमा सम्पन्न भएको नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरीएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै गएको भाद्र १८ गते देखी २२ गते सम्म भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरीएको हो ।
सबैको साथ सहयोगका कारण पहिलो पटक खेल आयोजना गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा झनै स्तरीय खेल खेलाउन क्लब अग्रसर रहने क्लबका सचिव सचिव प्रदीप गौतमले बताए ।
पत्रकार सम्मेलनमार्फत नै कुल १९ लाख १५ हजार ९८८ आम्दानी र १९ लाख ९३ हजार ३५ रुपैयाको खर्च भएको जानकारी गराइएको हो ।
क्लबका अध्यक्ष सोमबहादुर तितुडको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,क्लबका प्रथम उपाध्यक्ष विरेन्द्र खत्री, द्धितीय उपाध्यक्ष गोकुलनाथ पौडेल,कोषाध्यक्ष नवराज तितुङ,सहकोषाध्यक्ष रोहित सिलवाल, कार्यसमिति सदस्य रुपक चौलागाई लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्