नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सात दलको तर्फबाट र स्वतन्त्र सांसदहरु प्रभु साह, किरण कुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भए ।
प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।
यसअघि २०६५ साल भदौं २ गते पहिलो पटक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड दोस्रो २०७३ साउन २० गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण भोलि ४ बजे गरिने भएको छ ।

















प्रतिक्रिया दिनुहोस्