बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित फरिष्ट्रे नजिकै रानी दरबार अघाडी रहेको हेटौंडा अटो मार्टमा टिभिएसको मोटर साइकल ग्राण्ड एक्स चेन्ज मेला लाग्ने भएको छ ।

यहि पुष १० गते देखि १५ गते सम्मका लागी टिभिएसको मोटर साइकल ग्राण्ड एक्स चेन्ज मेलाले बबाल मच्चाउने भएको हो ।

टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राहकवर्गहरुका लागी हरेक कम्पनीको पुरानो मोटर साइकल छाडेर टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लैजान सकिने गरि अफर चल्ने छ ।

ग्राहकवर्गहरुले पुरानो मोटरसाइकलको एक्सचेञ्ज गर्दा पुरानोको बजार मूंल्याकन भन्दा रु ७ हजार थप प्रदान गरिने अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताएका छन् ।

बरुवालले बताए अनुसार निःशुल्क हेल्मेट, बाइक कभर र व्याग लगायतका उपकरण प्रदान गरिने छ ।

टिभिएसमा न्यूनतम १ लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु रहेको छ ।
थप जानकारी लिनका लागी 057-590446/ 9845457051/9802778048नम्बरमा सम्पर्क गर्न सकिने बरुवालले बताए ।